महेन्द्रपुलबाट दमकल सारिए सहिद भिमसेन दाहाल
पाेखरा | बैशाख ६, २०८०
पाेखरा: जनआन्दोलन ०६२/६३ का प्रथम सहिद भिमसेन दाहालको शालिक यतिबेला नयाँबजारको शान्तिवनस्थित दमकल परिसरमा पुगेको छ ।
महेन्द्रपुलमा शालिक राखिएको स्थानमा झण्डा पार्क बन्ने भएपछि उनको शालिकलाई त्यहाँ सारिएको हो । दाहाल ०६२ चैत २६ गते महेन्द्रपुलमा सेनाको गोलीबाट मारिएका थिए ।
दाहालको शालिक केही समय दमकल परिसरमा राखिने र वडा १८ मा रहेकोे सहिद स्मारक पार्कमा स्थापना गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।
‘शालिक सुरक्षित होस् भनेर त्यहाँ (दमकलमा) राखिएको हो’ महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले भने ‘एक महिनाभित्र सहिद स्मारक पार्कमा राख्नेछौं ।’
पार्कमा शालिक राख्न दाहालका परिवारजनसँग सहमति लिइसकेको र काम प्रक्रियामा गइसकेको तिम्सिनाले जानकारी दिए ।
पृथ्वी नागरिक समाज, पोखराको सक्रियतामा शालिक निर्माण गरिएको हो ।
२०६२ चैत २६ मा पोखरा महेन्द्रपुलमा भीमसेन दाहाल सेनाको गोलीबाट मारिएका थिए।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

